३० जना स्वयंसेवकहरूले गरे बर्से गुरासॅं अभयारण्यको एकदिवसीय भ्रमण

n60560373617147548374950dff3005eccd2a10847b3c3f8a03eedc25320e6e695393a12fbae521d20b7d52.jpg

गान्तोक: थर्पु सरकारी उच्चतर माध्यमिक विद्यालय, इको क्लब र एनएसएस युनिटका ३० जना स्वयंसेवकहरूले आज बर्से गुरासॅं अभयारण्यको एकदिवसीय भ्रमण गरे। भ्रमण अवधि स्वयंसेवकहरूले बर्ड वाचिङको अनुभव बटुल्दै वनस्पति र जीवहरूबारे जानकारी संग्रह गरे। यसैगरी, स्वयंसेवकहरूले फरेस्ट बङ्गलो, बर्से र बर्सेदेखि हिलेसम्म साफ सफाई पनि गरे। यस भ्रमणको आयोजना ग्रीन टीचर, इको ब्लक एवं कार्यक्रम अधिकारी, एनएसएस रोशन राईले गरेका थिए। यस यात्रामा शिक्षक र प्रशासनिक कर्मचारीहरू पनि सहभागी थिए भनी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement