गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग सिक्किम केन्द्रिय विश्वविद्यालयका कुलपति प्रोफेसर अविनाश खरेले आज राजभवनमा शिष्टाचार भेट गरे। बैठक अवधि प्रोफेसर खरेले याङगाङस्थित निर्माणाधीन विश्वविद्यालय परिसरको वर्तमान स्थिति एवं आगामी योजनाहरूको बारेमा जानकारी प्रदान गरे। राज्यपालले भने, विश्वविद्यालयको समग्र विकासको निम्ति स्थायी परिसर हुनु आवश्यक छ।