सिक्किमिस मूल निवासी सुरक्षा सङ्घ “एत्थ मे एग्रीमेन्ट” को तयारीमा

IMG-20240503-WA0249.jpg

गान्तोक: सिक्किम देशलाई सङ्घीय भारतमा विलय गराउने १९७३ सालको त्रिपक्षीय सम्झौताको ५२औं वर्षगाँठको अवसरमा आगामी ८ मईको दिन राजधानीमा एउटा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। राज्यको एउटा गैर राजनीतिक सङ्गठन सिक्किमिस मूल निवासी सुरक्षा सङ्घको तत्वावधानमा यो कार्यक्रम आयोजना गरिएको छ। सबै सिक्किम प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भइदिने आयोजक पक्षको अपील गरेको छ।

“एत्थ मे एग्रीमेन्ट” ((“8th May Agreement”) को नामले जानिने उक्त त्रिपक्षीय सम्झौता 8मई १९७३को दिन तत्कालिन सिक्किमपति राजा तथा छोग्याल, भारत सरकार र त्यसताक सिक्किमका राजनीतिक पार्टीहरूका प्रतिनिधिहरू बीच भएको थियो। यस सम्झौतालाई सिक्किम भारत विलयको शर्तको रुपमा मानिन्छ।

“एथ मे एग्रीमेन्ट” को महत्व साथै सिक्किमको हक-अधिकार बारे कार्यक्रममा चर्चा गरिने आयोजक पक्षको भनाइ रहेको छ। यसै अवसरमा शहीद बस्नत छेत्री लगायत छोग्याल कालमा सिक्किम गार्ड्समा कार्यरत पूर्व सैनिक अनि उनीहरूका परिवारहरूलाई पनि सम्मान जनाइने सिक्किमिस मूल निवासी सुरक्षा सङ्घका अध्यक्ष रत्नलाल सापकोटाले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *