मङ्पु पुलिस अनि ड्रग्समुक्त निर्माण समितिको संयुक्त पहलमा सीसीटीभी जडान गरिने कार्य सम्पन्न

IMG-20220807-WA0171.jpg

मङ्पु: मङ्पु पुलिस अनि ड्रग्समुक्त निर्माण समितिको संयुक्त पहलमा सीसीटीभी जडान गरिने कार्य सम्पन्न भएको छ। मङपु पुलिस अनि ड्रग्समुक्त निर्माण समितिको संयुक्त पहलमा ६ अनि ७ अगस्तको दिन मङपुको विभिन्न ठाँउमा सीसीटीभी जडान गरिएको छ।मङ्पु पुलिस आउटपोस्ट प्रभारी बिजय थामीको पहलमा अघिबाट नै यहाँको नालीडाँडा अनि बस स्ट्याण्डमा सीसीटीभी जडान गरी सकिएको छ भने हिज मङ्पुको प्रवेशद्वार मानिने रन्जुभेल्ली चेकपोस्ट अनि एनएचपीसी कार्यालय नजिक सिन्कोना बगानको चेकपोस्टहरुमा पनि सीसीटीभी जडान गरी सकेका छन्। मङपुमा विभिन्न प्रकारको क्राईमहरु हुन नदिन नै स्थानीय पुलिस साथै पब्लिक मिलेर मङपुको विभिन्न क्षेत्र अनि प्रवेशद्वारहरुमा सीसीटीभी जडान गरिएको हो। हिज मङपु सिन्कोना बगानको चेकपोस्टहरुमा सीसीटीभी जडान गरियो भने आज यहाँको मङ्पु अस्पतालमा पनि सीसीटीभी जडान गरिएको छ।

मङ्पुका सम्पूर्ण संघ संस्थाले सहयोग गरे ड्रग्समुक्त निर्माण समिति अनि मङ्पु पुलिसले आगामी दिनहरुमा भीडभाड रहने मङ्पुको विभिन्न क्षेत्रहरु अनि ग्रामीण ईलाकामा पनि सीसीटीभी जडान गरिने समितिले निधो गरेको छ। सीसीटीभी जडान गर्नको निम्ति सहयोग गर्ने सम्पूर्ण संघ संस्था अनि मङपुवासी जनतालाई ड्रग्समुक्त निर्माण समितिको सभापति केशर मोक्तान, सचिव जिक्मी तामाङले आभार व्यक्त गरेका छन्।

सिन्कोना बगानको विभिन्न क्षेत्रहरुमा सीसीटीभी जडान गर्नको निम्ति अनुमति दिने सिन्कोना बगान निर्देशक डा.सामुएल राईलाई पनि ड्रग्स मुक्त निर्माण समितिले आभार व्यक्त गरेका छन्। दुर्घटनाबाट बाँच्नको निम्ति मङ्पु आउट पोस्ट प्रभारी बिजय थामीले मङपुको दुईवटा ठाँउ नालीडाँडा फाटक अनि मङपु आउटपोस्ट परिसरमा लुकिङ ग्लास लगाउनको साथै आउटपोस्ट जाने सडकलाई निर्माण गर्न सक्षम बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement