पाङथाङमा बङलोरका संगीतविदहरु

IMG-20240503-WA0234.jpg

गान्तोक: पाङथाङस्थित मुख्यमन्त्री चार्टर स्कूलमा संगीतकार तथा शिक्षाविद् जेसन ज्याक बङगलोरले आफ्नी आमा लिलियन जाकारियासंगै विद्यार्थीहरूका लागि ‘संगीतको परिचय’ कार्यशाला सञ्चालन गरेका थिए। कार्यशाला बिहान विद्यालय परिसरमा सुरु भएको थियो जसमा ज्याकले सद्भाव र लयको अवधारणा प्रस्तुत गरेका थिए। ‘संगीत एक विश्वव्यापी भाषा रहेको उल्लेख गर्दै हामी एकअर्काको स्थानीय भाषा नजान्न सक्छौं, तर संगीत बुझ्न र त्यससँग जोडिन सक्छौं, भनी बताए। ताली बजाएर उनले विद्यार्थीहरूलाई ताल के हो र गणित संगीतसँग कसरी नजिकको सम्बन्ध छ सिकाए। त्यसपछि विद्यार्थीहरूलाई सानो समूहमा विभाजन गरियो जहाँ प्रत्येक समूहलाई ताल रचना गर्न सिकाइयो। उनले त्यसपछि स्केल र पिचको बारेमा उल्लेख गरे। विद्यार्थीहरूलाई संगीतको संसारमा तान्दै कसरी स्केल विभिन्न देश वा स्थानहरूमा फरक रहेको बताए। उनले विद्यार्थीहरूलाई संगीतमा स्केल र पिच कसरी पत्ता लगाउने सोबारे जानकारी गराए। उनले सात भारतीय म्युजिकल नोट ‘स्वर’को बारेमा पनि बताए र उक्त नोटको अभ्यास कसरी गर्ने भन्ने बारेमा संक्षिप्त प्रदर्शन पनि गरे। यसमा विद्यार्थी र उपस्थित शिक्षकहरूले रमाइलो गरेरा थिए। लिलियनले मेलोडीमा छोटो सत्र दिइन् र अझ राम्रो गाउनको लागि सास फेर्न व्यायाम प्रदर्शन गरिन्। जेकले सबै विद्यार्थीहरूलाई दुई हप्ता भित्र पूरा गर्ने असाइनमेन्ट दिइन्।

जेसन ज्याक बङगलोरको नथानिएल स्कूल अफ म्युजिकका निर्देशक हुन् र उनले आफ्नो यूट्यूब च्यानल मार्फत मानिसहरूलाई संगीत सिकाउँछन्। उनी एक संगीतकार, बहु-वाद्यवादक, र शिक्षाविद् हुन्। जसले संगीतको क्षेत्रमा २० वर्ष भन्दा बढि काम गर्दै आएका छन्। विद्यालय व्यवस्थापनले कार्यशाला सञ्चालन गर्न र विद्यार्थीहरूको जीवनलाई समृद्ध बनाएकोमा ज्याक र लिलियनलाई धन्यवाद दिएको छ। आफ्नो अनुभव साझा गर्दै ज्याकले विद्यालयका विद्यार्थीहरूबाट आफू प्रभावित भएको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *