अण्डर-१४ लीगः रोहिणी एफए र भेटरन्स एकाडमी विजयी

IMG_20220521_172851.jpg

२१ मईः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित अण्डर-१४ महकुमा स्तरीय फूटबल लीग २०२२-अन्तर्गत शनिवार दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको दिनको पहिलो म्याच एकतर्फी रह्यो, जसमा रोहिणी फूटबल एकाडमीले मकैबारी फूटबल एकाडमीलाई १०-०-ले पिट्यो। विजेता टीमबाट ईशान्त भुजेलले ह्याट्रिकसहित जम्मा ५ गोल गरे। यसबाहेक रिकदेन तामाङ, रोहन राई, साहिल राई, आशिष लेप्चा र सञ्जोग थापाले १-१ गोल गरे। यसरी नै दोस्रो म्याचमा भेटरन्स एकाडमी (तीनधारे)-ले जेआर३२ फूटबल एकाडमीलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट साहिल प्रधान, मध्यान सुब्बा र एस राईले १-१ गोल गरे। जेआर३२ एफए-बाट अरमान गुरुङ र भव्य रसाईलीले १-१ गोल गरे। आजका दुईवटा म्याचमा रेफरीको भूमिकामा प्रतीक गुरुङ रहेका थिए भने सहयोगीको भूमिका बिरेन राई र विशाल राईले निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement