रिञ्चेन्पोङ समष्टिमा सम्पन्न भयो ग्रीउको समीक्षा सभा

IMG-20240503-WA0231.jpg

सोरेङ: सोरेङ जिल्लाको रिञ्चेन्पोङ समष्टिमा बिहीवार एसकेएम पार्टीको भातृ संगठन अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठ (ग्रिउ) सोरेङ जिल्लाको तत्वावधानमा सोरेङ समष्टिमा ११औं विधानसभा र १८औं लोकसभा चुनाउ पश्चात् समीक्षा सभा जिल्ला संयोजक केबी भण्डारीको अध्यक्षतामा सम्पन्न भयो। प्रकोष्ठका पदाधिकारीहरुले चुनाउ पश्चात् पनि सोरेङ जिल्ला अन्तर्गत पर्ने समष्टिमा गएर अवकाशप्राप्त सरकारी कर्मचारीहरुसँग संवाद निरन्तर गरिरहेका छन्। सभामा रिञ्चेन्पोङ समष्टिका ग्रीउ पदाधिकारी र सदस्यवर्ग अनि प्रकोष्ठका जिल्ला स्तरीय समितिको उपस्थिति थियो।

यस्तै सभा मंगलबार सोरेङमा प्रकोष्ठका जिल्ला सदस्य सचिव दिनेश दाहालको स्वागत सम्बोधनबाट सुरु गरिएको सभामा सोरेङ समष्टि अन्तर्गतका सबै ब्लक स्तरीय संयोजकगण एमके शंकर, डीएस सुब्बा, नरेश भण्डारी, आरएम सुब्बा, एमबी गुरुङ, हरि बहादुर गुरुङ, टीबी सुब्बा, फुर्बा छिरिङ तामाङ साथै समितिका संयोजक एमबी तामाङले आ-आफ्नो क्षेत्रमा शान्तिपूर्ण र राम्रो प्रकारले चुनाव समाप्त भएको मन्तव्य जाहेर गरे। सभामा जिल्ला संयोजक केबी भण्डारीले सबै प्रकोष्ठका सम्पूर्ण सदस्यहरूले निष्ठापूर्बक आ-आफ्नो कर्तव्यलाई निर्वाह गरेर एसकेएम पार्टीको पक्षमा काम गरेकोमा अनि चुनाउमा सहयोग पुर्‍याएकोमा कृतज्ञता प्रकट गरे।
उनले आगामी दिनमा जिल्ला कार्यालय शुरू गर्नुपर्ने विषयमा पनि जोड दिँदै सबैलाई सधैं एकजुट भएर अघि बढ्न सके मात्रै संगठनको सबै काम फत्ते हुने अभिव्यक्ति जाहेर गरे। आउँदो ५ तारिख भित्रमा सोरेङ जिल्लाको चारैवटा निर्वाचन क्षेत्रमा समीक्षा बैठक सम्पन्न गरि एउटा विस्तृत रिपोर्ट प्रकोष्ठले बुझाउने प्रचार सचिव जीपी दाहालले प्रेस विज्ञप्ति जारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *