कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यपाल डा. सीभी आनन्द बोस विरुद्ध दुर्व्यवहारको आरोपको कडा विरोध गरिन्l उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी राज्यमा उपस्थित हुँदा पनि किन यस विषयमा बोलेनन्? राज्यपालले एउटी युवतीसँग दुर्व्यवहार गरे। तपाईंले मलाई हिजो भन्नुभयो कि मेरा मन्त्रीहरूले यसबारे किन कुरा गरिरहेका छन्? म स्पष्ट पार्न चाहन्छु कि मसँग एक होइन हजारौं यस्ता मुद्दा आएका छन्, तर मैले त्यसपछि केही बोलिनँ।‘ ‘तर, हिजोको घटना मेरो लागि हृदयविदारक थियो’, उनले शुक्रबार पत्रकारहरूसँग भनिन्। कोलकाताको राजभवनकी एक कर्मचारीले बिहीबार पश्चिम बंगालका राज्यपाल डा. सीभी आनन्द बोसले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। महिलाले कोलकाताको हेयर स्ट्रीट पुलिस स्टेशनमा पनि उजुरी दिएकी छन्। ‘सन्देशखालीको बारेमा समाचार फैलाउनु अघि, राज्यपालले आफ्नो निवासमा काम गर्ने केटीलाई किन दुर्व्यवहार गरे? हामीलाई भन्नुहोस्l मैले उनलाई भिडीयोमा रोएको देखेकी छु’, मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्।