खरसाङ: सिटोङ क्षेत्रमा बिजुली बत्तीको अनियमिता र बिजुली बत्तीको कारणले धेरै घरहरूमा रहेको मशीनको सामानहरू क्षतिग्रस्त भएको कारण युनाईटेड सिटोङ होमस्टे वेलफेयर सोसाइटीको प्रतिनिधिहरूले विद्युत् विभाग खरसाङको स्टेशन म्यानेजरलाई भेट गरी ज्ञापन पत्र सुम्पेका छन्। युनाईटेड सिटोङ होम स्टे वेलफेयर सोसाइटीको १५ जना प्रतिनिधिहरूले समाजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राईको अगुवाईमा खरसाङ आएर स्टेशन म्यानेजरसित चर्चा परिचर्चा गरेका छन्। उक्त चर्चा परिचर्चामा प्रतिनिधिहरूले सिटोङमा बिजुली बत्तीको धेरै दिनदेखिको अनियमिता रहेको साथै सिटोङ क्षेत्रमा ४४० भोल्टको बिजुली बत्तीको कारणले ३० वटाभन्दा धेरैवटा घरहरूमा रहेको मशीनको सामानहरू क्षतिग्रस्त बनेको साथै कतिवटा घरहरू र होम स्टेहरूमा पनि दुर्घटना हुन सक्ने सम्भावना देखिएको र धेरै समस्याहरू भईरहेको जानकारी गराइएको छ। उक्त विषयमा युनाईटेट सिटोङ होम स्टे वेलफेयर सोसाइटीको प्रतिनिधिहरूले ज्ञापन पत्र पनि बुझाएका छन्। प्रतिनिधिहरूले बताएका समस्याहरू सुनेर स्टेशन म्यानेजरले झट्टै सिटोङ क्षेत्रको भ्रमण गरी निरीक्षण गर्दै काम गरिदिने आश्वासन दिएको युनाईटेड सिटोङ होम स्टे वेलफेयर सोसाइटीको तर्फबाट समाजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राईले जानकारी गराएका छन्।











