कोरोना खोपको प्रमाणपत्रबाट प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो हटाइयो

00-1-PM-Modi-3

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो देशको कोरोना खोप प्रमाणपत्रबाट हटाइएको छ। अहिले डाउनलोड भइरहेका सर्टिफिकेटमा तस्वीरको सट्टा प्रधानमन्त्रीको सन्देश मात्र लेखिएको छl स्वास्थ्य मन्त्रालयले यसबारे स्पष्टीकरण दिएको छ। स्वास्थ्य मन्त्रालयले खोपको प्रमाणपत्रबाट प्रधानमन्त्रीको फोटो हटाएको छ। यस सम्बन्धमा मन्त्रालयका अधिकारीहरुले आगामी लोकसभा निर्वाचनका सन्दर्भमा देशभर नमुना आचारसंहिता लागू भएको बताएका छन्। आचारसंहिताका कारण प्रमाणपत्रबाट प्रधानमन्त्री मोदीको तस्वीर हटाइएको छ। प्रामाणपत्रबाट प्रधानमन्त्रीको तस्वीर हटाइएको यो पहिलो पटक नभएको दाबी गरिएको छ। यसअघि विधानसभा चुनावका बेला पनि यो प्रक्रिया चलेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *