रायबरेलीबाट राहुल गान्धीले गरे नामांकन दर्ता

Rahul-Gandhi-Congress-Leader

नयाँ दिल्ली: कांग्रेसका नेता राहुल गान्धीले रायबरेलीबाट नामांकन दर्ता गराएका छन्। उनीसँगै आमा सोनिया गान्धी, बहिनी प्रियंका गान्धी, रोबर्ट वाड्रा उपस्थित थिए। अमेठीबाट किशोरीलाल शर्माले पनि नामांकन दर्ता गराएका छन्। नामांकनको अन्तिम दिन कांग्रेसले रायबरेलीबाट राहुल गान्धी र अमेठीबाट किशोरी लालको नाम घोषणा गरेको थियो। किशोरीलाललाई सोनिया गान्धीको विश्वासपात्र मानिन्छ। शुक्रबार बिहान ९ बजे राहुल गान्धी परिवारसहित दिल्लीबाट रायबरेली प्रस्थान गरेका थिए। बिहान १०.३० मा अमेठी-रायबरेली सीमामा अवस्थित फुर्सतगञ्ज एयरपोर्टमा अवतरण गरियो। एयरपोर्टबाट सोनिया गान्धी, राहुल गान्धी र रोबर्ट वाड्रा रायबरेली कांग्रेस कार्यालय पुगे, जबकि प्रियंका गान्धी र राजस्थानका पूर्व मुख्यमन्त्री अशोक गहलोत अमेठी गए। यहाँ किशोरीलालसँग रोड शो गरे। प्रियंका गान्धीले भनिन्, ‘हामी अमेठीमा फेरि एकपटक सत्य र सेवाको राजनीति फर्काउन चाहन्छौं। अब अवसर आएको छ। यो तपाई चुनाव हो, लड्छौ, जित्छौ।‘ नामांकन अघि राहुल गान्धीले कांग्रेस कार्यालयमा पूजा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement