मदारीहाट: मदारीहाट बिरपाडा खण्ड अन्तर्गत मदारीहाटमा भानुभक्त सांस्कृतिक संघको एउटा आफ्नै इतिहास छ। सत्तरको दशकमा गठन भएको भानुभक्त सांस्कृतिक संघले विगत दिनहरूमा मदारीहाट थाना अन्तर्गत पर्ने गोर्खा जनजाति बसोबासो भएको समस्त गाउँहरूको सामाजिक समस्याहरूलाई लिएर एउटा अभिभावक संस्थाको भुमिकामा रहेर समाधान गर्ने कार्य गरेको छ जसलाई अहिलेका धेरै नयाँ युवा-युवतीहरूलाई जानकारी शायदै होला। यस संस्थाका संस्थापकहरूले संघ संस्थाहरूको महत्वलाई बुझेर मदारीहाट पीएस अन्तर्गत पर्ने सबै गाउँहरूमा घर घर गई आफ्नो जातिको भाषा,संस्कृति,आस्तित्व र जातीय एकताको निम्ति जागृत गर्ने गरेको पुराना सदस्यहरूले बताउँछन्। फालाकाटाभित्र पर्ने नेपाली बस्तीदेखि लिएर टोटोपाडासम्मका मानिसहरू यस संस्थासँग जडित थिए र यसरी समाजमा संगठित भइ एकताको सुत्रमा बाँधिएर बसे कुनै पनि समस्या सजिलै समाधान गर्न सकिन्छ भन्दै भानुभक्त सांस्कृतिक संघले कतिपय उल्लेखनीय सामामिक मुद्दाहरूको समाधान यसै संस्थाको ब्यानरमा गरेको तथ्यहरू छन् तर विगत केही वर्षदेखि संस्था जीवित रहे तापनि कुनै सामाजिक कार्यहरू नगरेको मानिसहरूको गुनासोलाई ध्यानमा राखेर केही युवाहरूले यही संस्थाको पुरानो कमिटीलाई लिएर विघटन गरी नयाँ कमिटी गठन गर्यो। जसमा अध्यक्ष शम्भु ढकाल,उपाध्यक्ष प्रकाश श्रेष्ठ टोटापाडा, बापी दाहाल र शिक्षक हिरु बज्गाईँ, कार्यकारी अध्यक्ष किरण उपाध्याय , मूलसचिव गणेश राउत, सचिव कृष्ण शर्मा, राजेश खरेल, उत्तम घिमिरे, दिवाकर लामा टोटापाडा, कोषाध्यक्ष नारायण पाण्डे र शिव शर्मा सुवेदी लगायत १५ जनाको कार्यकारिणी समिति र मदारीहाट पीएसका सबै ठाउँहरूबाट सल्लाहकारहरूको नाउँको प्रतावलाई सर्वसम्मतिले पारित गऱ्यो।
आजको सभा बस्ने मुख्य उद्देश्य विगत केही दिन अघि देवकोटा नेपाली स्कुलको शिक्षक र विद्यार्थी माझको कुरालाई लिएर शिक्षकको घरमा गई अभिभावकसहित केही असामाजिक तत्वहरूले जुन प्रकारले शिक्षक साथै उनको परिवार माथि कुटपीट गरे जसले गर्दा स्कुलमा र शिक्षकहरूलाई पनि जुन असुरक्षाको माहौल सृष्टि भयो त्यसलाई कसरी समाधान गर्ने बारे समाजसेवी देवेन विश्वकर्मा, नाथुराम गजुरेल,प्रकाश श्रेष्ठ प्रबीन गौतम,विदायी मूलसचिव र अध्यक्ष गोबिन्द गौतम र हरिलाल छेत्री आदिहरूले आफ्नो महत्वपूर्ण सुझाव राखे जसलाई नयाँ कमिटीका अध्यक्ष शम्भु ढकाल र मूलसचिव गणेश राउतले केही दिनभित्र समस्त गाउँवासीहरूलाई लिएर थाना साथै बीडीओ अफिसमा डेपुटेशन दिने र स्कुललाई कसरी संरक्षण गर्ने त्यसबारे कार्य गर्ने बताएका छन् यसको साथै आगामी दिनमा कुनै पनि सामाजिक मुद्दाहरूलाई सबै गाउँवासीहरूको सहयोगमा एक भाई समाधान गर्ने बताएका छन् भने आजको सभाको सञ्चालन किरण उपाध्यायले गरेका थिए।