खरसाङकी नारी स्रष्टा शोभा राईकृत दुईवटा कविता कृतिहरू ‘अनुग्रहका रङहरू’ र ‘कुटिल कञ्चनजंगा’ लोकार्पित

IMG-20240503-WA0202.jpg

कवि शोभा राईमा प्रखर कवि चेतना देखा परेको छ: उदय थुलुङ

खरसाङ: खरसाङकी नारी स्रष्टा शोभा राईकृत दुईवटा कविता कृतिहरू ‘अनुग्रहका रङहरू’ र ‘कुटिल कञ्चनजंगा’ आज एक कार्यक्रमबीच खरसाङमा लोकार्पण गरिएको छ। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न कार्यक्रममा सभाध्यक्षको रुपमा वरिष्ठ साहित्यकार एंव गोर्खा जनपुस्ताकालय खरसाङको अध्यक्ष पूर्ण गुरुङ निरूपम अनि प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार उदय थुलुङ उपस्थित रहेका थिए। पास्टर तिरस राईको शुरुको प्रार्थनाद्वारा थालिएको कार्यक्रममा स्वागत सम्भाषण वरिष्ठ कवि बीरू बाङ्देलले राखेका थिए। कवि एंव पत्रकार हनोक थापाद्वारा सञ्चालन गरिएको कार्यक्रममा नारी स्रष्टाहरू क्रमैले रचयिता छेत्री, द्वारिका छेत्री, रचना अनाकार, देविका मंग्राती राई, सरोजनी देवान, निलम तामाङ, सन्ध्या आचार्य आदिले कविता पठन गरेका थिए। त्यसरी नै कविहरू सुवास छेत्री भावुक, बीरू बाङ्देल, अमीत सुब्बा विकल्प, मिलन प्रधान आदिले कविता,गजल वाचन गरेका थिए भने नोम्याड्स ब्याण्डको गायक डोनाल्ड लेप्चाले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा कवि शोभा राईको परिचय शिक्षिका पूर्णिमा थामीले राखेकी थिइन्। कार्यक्रममा पुस्तक समर्पणको प्रार्थना एल्डर मसीह प्रकाश मोक्तानले गरेका थिए। यसै कार्यक्रममा शोभा राईकृत दुईवटा कविता कृतिहरू अनुग्रहका रङहरू र कुटिल कञ्चनजंगा पुस्ककहरू सभाध्यक्ष पूर्ण गुरुङ निरुपम, प्रमुख अतिथि वरिष्ठ साहित्यकार उदय थुलुङ, विशिष्ट अतिथिहरू क्रमैले खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले, साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या आशा मुखिया लामा, वरिष्ठ नारी स्रष्टाद्वय छिमी ओङ्मु लामा र विष्णु ठकुरी, डीबी राई, सुदर्शन अम्बटे, उदय थापा, बिमल राई, एल्डर मसीह प्रकाश मोक्तान, प्राध्यापिका सरस्वती मोहोरा, कवि शोभा राई, उनका पति पास्टर सुधीर गहतराज लगायत अन्यहरूको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त लोकार्पित पुस्तकमध्ये ‘अनुग्रहका रङहरू’ माथि मार्थारानी राईले टिप्पणी राख्दै अनुग्रहका रङहरू नामक पुस्तकको शीर्षक नै राम्रो र सुहाउने रहेको बताइन्। उनले कविले आफ्नो जीवनमा भोगेका कुराहरू र पाएको सत्यता साथै आशा, विश्वास र प्रेम विषयमा कवितामा उतारेको बताइन्। मार्थारानी राईले अनुग्रहका रंगहरूमध्ये प्रेम सबैभन्दा चहकिलो देखिएको बताउँदै कविताहरू येशुको प्रेममा आधारित रहेको बताइन्। कार्यक्रममा अर्को कविता संग्रह ‘कुटिल कञ्चनजंगा’ माथि आफ्नो समीक्षात्मक टिप्पणी राख्दै वरिष्ठ कवि विनोद रसाइलीले शोभा राई साहित्यमा नयाँ नाम होइन भन्दै विगत तीन दशकदेखि चुपचाप लगातार रूपमा लेख्दै आएका नारी स्रष्टा हुन् भनी बताएका छन्। उनले कुटिल कञ्चनजंगा नाम नै सुन्दर लागेको र आजको अवस्था, व्यवस्थालाई विम्वात्मक तरिकाले लेखिएको बताएका छन्। कवि शोभा राई कुनै पनि विषयमा भित्रीसम्म पुग्न सक्ने क्षमता भएको नारी स्रष्टा हुन् भनी बताएका छन्। कार्यक्रममा कवि शोभा राईले पनि आफ्नो दुईवटा कविता कृतिहरूबाट एक एकवटा कविताहरू वाचन गरेका थिए। आफ्नो सम्बोधनमा कवि शोभा राईले कुटिल कञ्चनजंगा नाम राखिनुको कारण विषयमा आफ्नो स्पष्टीकरण दिएका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ साहित्यकार उदय थुलुङले कवि शोभा राईक कविताहरू राम्रो र कवितामाथि राम्रो हात रहेको देखिएको बताएका छन्। उनले भाषा शैली राम्रो रहेको र शैलीले कविको लेखनको मौलिखता देखाउँछ भनी बताएका छन्। उनले कविता सुन्ने श्रोता र कविता पढ्ने पाठक हुन्छन् र दुलैलाई प्रभाव पार्ने चाहिं शैली हो भनी बताए। वरिष्ठ साहित्यकार उदय थुलुङले भने, ‘कुटिल शब्दले अहिलेसम्मको आस्था र मान्यतालाई विघटन गरेको छ। हामी गोर्खा समाजमा कञ्चनजंगालाई विश्वास गरिन्छ। आजको सभामा कञ्चनजंगालाई किन विघटन गरेको छ। यस कुरामा कविभित्रको कवि चेतना प्रखर देखिएको छ। कार्यक्रममा अध्यक्षीय सम्बोधनमा पूर्ण गुरुङ निरुपमले शोभा राई सशक्त नारी स्रष्टा टके रूपमा देखा परेको बताएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन पास्टर सुधीर गहतराजले राखेका थिए। कार्यक्रममा अन्तिम प्रार्थना र आशिष एल्डर मसीह प्रकाश मोक्तानले राखेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *