सामाजिक सञ्जालमार्फत महिलालाई रुपियाँ ठग्ने आरोपीलाई पुलिसले पक्रियो

IMG-20240503-WA0172

सिलगढी: सिलगढीमा एक महिलालाई ठगी गरेको आरोपमा कोचबिहारबाट एक युवक पक्राउ परेका छन्। सिलगढीको हाकिमपाडा क्षेत्रकी मौमिता नागले सामाजिक सञ्जालमार्फत देवकान्त डे नामका २५ वर्षीय युवकसँग भेट गरेकी थिइन्। दुवैबीच दिदी-भाईको सम्बन्ध बन्यो। मौमिताको विश्वास जितेर देवकान्तले उनीसँग पटकपटक पैसा लिए। त्यो पैसा दोब्बर गर्छु भन्दै उसले अलि अलि पैसा लिए। देवकान्तले केही पैसा दोब्बर गरेर मौमितालाई फिर्ता गरे। तर अन्ततः मौमिताले सुनका गहना धितो राखिन् र देवकान्तलाई लाखौं रुपियाँ दिइन्। त्यसयता देवकान्तको अत्तोपत्तो भएन। अन्ततः गत वर्ष ९ अक्टोबरमा महिलाले पानीट्यांकी पुलिस चौकीमा यसबारे लिखित उजुरी दिएकी थिइन्। घटनाको अनुसन्धान पछि, देवकान्तलाई पानीट्यांकी चौकी पुलिसले हिजो राति पुलिसले बिहारबाट पक्राउ गर्यो र शुक्रबार सिलगढी ल्याएर अदालतमा पठायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement