सयानी घोष र लवली मैत्राले राजभवनमा मन्त्रीहरू र कोलकाता पुलिसलाई प्रवेशमा रोक लगाएको भन्दै राज्यपाललाई बनाए निशाना

IMG-20240503-WA0171

कोलकाता/सोनापुर: तृणमूल नेतृ सयानी घोष र लवली मैत्राले राज्यपालको आलोचना गरेका छन्। जादवपुर केन्द्रबाट तृणमूल कांग्रेसका उम्मेदवार सयानी घोषले शुक्रबार बिहान राजपुर सोनारपुर नगरपालिकाको वार्ड नम्बर १४ मा प्रचार गरिन्। बैकुण्ठपुर पालोमा प्रचारप्रसार गर्दा उनले यो घटना निकै डरलाग्दो र अप्रत्याशित भएको बताइन्। यस्तो घटना यसअघि कहिल्यै नभएको बताइन्। कानूनभन्दा माथि कोही नभएको उनको भनाइ छ। उनले यस गम्भीर आरोपको छानबिनमा राज्यपालले सहयोग गर्नुपर्ने बताइन्। उनले राजभवनमा मन्त्री र कोलकाता पुलिसको प्रवेशमा लगाइएको प्रतिबन्ध केही लुकाउन लागिएको आरोप लगाएकी छन् भने अर्कोतर्फ विधायक लवली मैत्राले यो घटनालाई लिएर राज्यपालको आलोचना गरेकी छन्। यो अत्यन्तै लज्जास्पद र निन्दनीय भएको उनले बताइन्। उनले भनिन्, ‘यस घटनाको अनुसन्धानमा राज्यपालले सहयोग गर्नुपर्छ।‘ बिहीबार कोलकाताको राजभवनमा एक महिला कर्मचारीले पश्चिम बंगालका राज्यपल डा. सीभी आनन्द बोसले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। महिलाले कोलकाताको हेयर स्ट्रीट पुलिस स्टेशनमा पनि उजुरी दिएकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement