कोलकाता: लोकसभा चुनावका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले आज बर्दवानमा एक जनसभालाई सम्बोधन गरे। यस क्रममा प्रधानमन्त्रीले सत्तारुढ दल टीएमसीले बंगालमा हिन्दूहरूलाई दोस्रो दर्जाको नागरिक बनाएको आरोप लगाए। जनसभामा प्रधानमन्त्रीले पहिलो पटक शेख शाहजहाँको नाम लिए र विधायक हुमायुन कबीरले हिन्दूविरुद्धको विवादास्पद वक्तव्यको पनि उल्लेख गरे। आफ्नो भाषणका क्रममा प्रधानमन्त्री मोदीले कांग्रेस नेता सलमान खुर्शीदको भतिजीले दिएको जिहाद भाषणलाई पनि निशाना बनाए।
प्रधानमन्त्री नरेन्द्र मोदीले आज पूर्वी बर्दवानमा भाजपाका उम्मेदवार दिलीप घोषको समर्थनमा जनसभालाई सम्बोधन गरे। प्रधानमन्त्रीले यहाँ टीएमसीलाई घेरेर हिन्दूहरूलाई दिइने दोस्रो दर्जाको व्यवहारलाई निशाना बनाए। उनले भने, ‘टीएमसीका एक विधायकले खुल्लमखुल्ला धम्की दिएका छन्, कि भागीरथीमा हिन्दूहरूलाई दुई घण्टामा धोइनेछ।‘ प्रधानमन्त्रीले प्रश्न गरे, ‘यो कुन भाषा हो? साँच्चै के भएको छ? बंगाललमा हिन्दूहरुसँग के हुँदैछ?’ प्रधानमन्त्री मोदीले भने, ‘आज पश्चिम बंगालको टीएमसी सरकारले हिन्दूहरूलाई दोस्रो दर्जाको नागरिक बनाएको छ। जय श्रीराम भन्यो भने ज्वरो आउँछ। राम मन्दिर निर्माणमा उनीहरुको आपत्ति छ। रामनवमीको जात्रामा आपत्ति छ। सन्देशखालीमा यति ठूलो अपराध भयो, र तृणमूलले ती अपराधीलाई संरक्षण गर्दै आएको छ, किनकी उसको नाम शाहजहाँ शेख थियो।‘
प्रधानमन्त्री मोदीले भने, ‘हिजो म कोलकाता आउँदा एयरपोर्टमा केही मानिस मलाई स्वागत गर्न आएका थिए। त्यहाँ उनीहरूले मलाई सन्देशखालीका महिलासँग सम्बन्धित गीत सुनाए। यो गीत सुनेर आँसु थाम्न सकिनँ। म भन्न चाहन्छु कि सन्देशखालीका ती महिलाहरुको गीत सुन्नुपर्छ। यो गीत तीन–चार छोरीले गाएका छन्। म उनीहरूलाई बधाई दिन चाहन्छु।‘ प्रधानमन्त्रीले कांग्रेस र राहुल गान्धीको आलोचना गरे। उनले भने, ‘मैले पहिले भनेको थिएँ, राहुल गान्धी वायनाडमा हार्दैछन् र उनी नयाँ सिट खोजिरहेका छन्। उनका चेलाहरू अमेठीबाट लड्ने कुरा स्पष्ट रूपमा भन्दै थिए। तर उनीहरु यति डराए कि वायनाडबाट भागेर रायबरेली पुगेका छन्।‘ प्रधानमन्त्री मोदीले भने, ‘वामपन्थी, कांग्रेस र टीएमसीसँग विकासको कुनै भिजन छैन। त्रिपुरामा तपाईको छिमेकमा, भाजपाले जनताको सम्पूर्ण जीवन परिवर्तन गरेको छ।‘