झापा (नेपाल): कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विशेष अधिकार हननमा कार्वाही गर्नसक्ने सत्तारुढ दलले चेतावनी दिएका छन्। एकिकृत माले र माओवादी केन्द्र संसदीय दलले प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन्। प्रदेशसभाको संकल्प प्रस्ताव असंबैधानिक भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेकोमा एकिकृत माले र माओवादी केन्द्र संसदीय दलले आपत्ति समेत जनाएका छन्। सार्वभौम संसदले दिएको निर्देशन असंवैधानिक करार गर्दै प्रदेश प्रमुखलाई लेखेको पत्रले संसदको विशेष अधिकार हनन् गरेको आरोप लगाएका हुन्। गरेको निर्णय चित्त नबुझे न्यायिक निरुपण गर्ने बाटो खुल्ला रहेको र सर्वोच्च अदालतको बाटो खुल्ला रहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।