सिटोङमा बिजुलीको हाईभोलटेजका कारण विद्युतीय उपकरणहरू क्षतिग्रस्त

Electricity-1

सिटोङ: ग्रामीण पर्यटन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सिटोङमा अहिलेघरि गर्मीको मौसमले धेरै पर्यटकहरुको आगमन भइरहेको छl पर्यटकहरू आगमन भइरहेको समयमा सिटोङ-१ घलेटार क्षेत्रमा बिजुलीको ४५० भोल्ट प्रत्येक  घरमा पसेको कारण धरै विद्युतीय उपकरणहरू डढेर लाखौं रुपियाँको क्षति भएको स्थानीय गाउँवासीले बताएका छन्। सिटोङ-१ घलेटार  निवासी राहुल बुडाथोकीको पाइन ट्री होमस्टेमा बिजुलीको हाईभोल्टेज भएको कारण बिजुलीबाट चल्ने विद्युतीय उपकरणहरू फ्यान, बल्ब, टेलीभिजनलगायत उपकरणहरू जलेर नष्ट भएको छ। यसबाहेक पाइन ट्री होमस्टेका मालिक राहुल बुडाथोकीको घरमा पनि बिजुलीबाट चल्ने विद्युतीय उपकरणहरू साथै घरको भित्तासमेत जलेको बताइएको छl स्थानीय गाउँवासीको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *