बाह्र सालपछि १ रनले पराजित भयो राजस्थान रोयल्स

photocollage_202453134015592.jpg

हैदराबाद: राजीव गान्धी इण्टरनेशनल स्टेडियममा खेलिएको आईपीएल २०२४-को चरम रोमाञ्चक म्याचमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबाद विरुद्ध केवल १ रनले हारको सामना गर्नु पऱ्यो। यसरी राजस्थानले १३ सालपछि १ रनले हारको सामना गर्नु पऱ्यो। यसअघि २०१२-मा दिल्लीले पनि राजस्थानलाई १ रनले पराजित गरेको थियो। रोमाञ्चक म्याचमा हारको सम्मुखीन भएपछि राजस्थान रोयल्सका कप्तान सञ्जु सेमसनले भने, यस सीजनमा हामीले केही नजिकको म्याचहरू खेल्यौं। त्यसमा हामीले केही म्याच जित्यौं भने आज पराजित भयौं। यस जीतको श्रेय सनराइजर्सका बलरहरूलाई जान्छ, जसले असाधारण लड़ाइँ गरे। आईपीएलमा गल्ती गर्नु घातक साबित हुन्छ। आज नयाँ बल विरुद्ध ब्याटिंग गर्नु कठिन थियो तर बल पुरानो भएपछि रन बनाउन सजिलो भयो। टीमका दुई युवा (जयसवाल र पराग)-लाई श्रेय जान्छ, जसले म र जोस (बटलर) आउट भएपछि जिम्मेवारीको साथ खेल्दै टीमलाई जीतको नजिक पुऱ्याए। उल्लेखनीय छ, म्याचको अन्तिम बलमा रोयल्सलाई जीतको निम्ति २ रन बनाउने आवश्यकता थियो तर रोवम्यान पावेल सनराइजर्सका पेस बलर भुवनेश्वर कुमारको बलिंगमा एलबीडब्ल्यू आउट हुँदा रोयल्स पराजित भयो। म्याचमा सनराइजर्सले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो। नितिश कुमार रेड्डीले सर्वाधिक अविजित ७६ रन बनाए। उनले ४२ बल खेलेर ८ वटा छक्का र ३ वटा चौका लगाए। यसबाहेक ट्रेविस हेडले ५८ र हेनरिक क्लासेनले १९ बलमा अविजित ४२ रनको योगदान दिए। त्यसपछि राजस्थानको टीमले चाहिँ २० ओभरमा ७ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो। जोस बटलर र सञ्जन सेमसन पहिलो ओभरमै खाता नखोली आउट भएपछि यशस्वी जयसवाल र रियान परागले असाधारण ब्याटिंग गर्दै लड़ाइँ जारी राखे पनि टीमलाई जीत दिलाउन सकेनन्। जयसवालले ७ वटा चौका र २ वटा छक्काको साथ ४० बलमा ६७ रन बनाए। यसरी परागले ८ वटा चौका र ४ वटा छक्काको साथ ४९ बलमा ७७ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement