काेलकत्ता: गत केही सालदेखि निरन्तर रूपमा असल प्रदर्शन गर्दै राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगिताहरूमा खेलिरहेकी सुश्मिता लेप्चा अहिले कलकत्तामा आफ्नो प्रतिभा प्रदर्शन गरिरहेकी छन्। वास्तवमा कालेबुङकी यस प्रतिभाशाली फूटबलरको चयन पश्चिम बंगालको टीममा भएको छ, जसले राजमाता जिजाबाई ट्रफी २०२३-२४ सीनियर वूमन्स नेशनल फूटबल च्याम्पियनशीपमा हिस्सा लिइरहेको छ। कलकत्तामा जारी यस टुर्नामेण्टमा लेफ्ट ब्याकको भूमिकामा खेलिरहेकी सुश्मिताले यसअघि बेंगलुरुको क्लब किकस्टार्ट फूटबल क्लबको प्रतिनिधित्व गर्दै इण्डियन वूमन्स लीगमा पनि हिस्सा लिएकी थिइन्, जहाँ उनकी टीम तेस्रो स्थानमा रहेको थियो।

आफ्नो कठोर मेहनत, समर्पण र अनुशासनको दममा शीर्ष स्तरमा खेलिरहेकी सुश्मिता अहिले युवा खेलाड़ीहरूकी निम्ति प्रेरणा बनेकी छन्।