नयाँ दिल्ली: यस साल जूनमा हुने आईसीसी टी२० वर्ल्ड कपको निम्ति घोषित भारतीय टीममा रिंकू सिंहको स्थानमा अलराउण्डर शिवम दुबेलाई मौका दिइयो। बीसीसीआई चयन समितिको यस फसेलालाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ कारण रिंकू गत केही समयदेखि भारतीय टी२० टीममा लगातार रहेका थिए। धेरैले दुबे अलराउण्डर भएको हुनाले टीममा स्थान बनाउन सफल भएको बताएका छन् जबकि उनले आईपीएलमा केवल एउटा म्याचमा बलिंग गरेका छन्। यसबीच कप्तान रोहित शर्माले चाहिँ बिहीवार बीचका ओभरहरूमा टीमको आवश्यकताहरूलाई ध्यानमा राखेर दुबेलाई चयन गरिएको बताए। उनले भने, पीच र विरोधी टीमको संयोजन कस्तो हुनेछ भन्ने हामीले बुझ्नु पर्नेछ। हामीलाई बीचका ओभरहरूमा आक्रामक ब्याटरको आवश्यकता छ। शीर्ष क्रमले अहिले असल प्रदर्शन गरिरहेको छ तर दोस्रो विकल्प पनि छ। हामी बीच ओभरहरूमा कुनै एकजना ब्याटरले खुलेर ब्याटिंग गरेको चाहन्छौं। हामीले दुबेलाई आईपीएल र त्यसअघि केही म्याचहरूमा उनको प्रदर्शनको आधारमा चयन गरेका छौं। हामीले यसबारे चर्चा गऱ्यौं। अहिले अन्तिम एकादश कस्तो हुनेछ भन्ने चाहिँ ग्यारण्टी छैन। त्यो अभ्यास र विपक्षी टीममाधि निर्भर गर्नेछ। हामी असल परिणाम चाहन्छौं।