उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको मेडिसिन विभागको एमडी-मा १४ वटा सीट बढाउने अनुमति

1632348382_nbmch.jpg

सिलगढी: नेशनल मेडिकल कमिशनले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको मेडिसिन विभागको एमडी-मा १४ वटा सीट बढाउने अनुमति दिएकोले उत्तरबंग मेडिकल कलेज कर्तृपक्ष निक्कै खुसी छन्। मेडिसिन विभागको एमडी-मा पहिला ४ वटा सीट थियो भने हाल १४ वटा सीट बढाउने अनुमति दिएको छ। सिलगढीका विधायक शङ्कर घोषले सांसद राजु विष्टलाई पत्राचार गरेर सीट संख्या बढाउने आवेदन गरेपछि सांसद विष्टले यसबारे केन्द्र सरकारको सम्बन्धित विभागलाई एउटा चिट्ठी पठाएको बारेमा विधायकले जनाएका थिए। उक्त मागलाई पुरा गरेकोमा विधायक शंकर घोषले केन्द्र सरकारलाई धन्यवाद दिए।
यस सम्बन्धमा आज विधायक घोषले भने, यसभन्दा अघि पनि मेडिकल कर्तृपक्षले सीट संख्या बढाउने माग गरेकोले यसबारे सांसद विष्टलाई जनाएको थिए। यसपछि सीट संख्या बढाउने माग गर्दै सांसद विष्टलाई पत्राचार गरेको थिए। उत्तरबंग मेडिकल कलेज एवम्ं अस्पतालको रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले भने, १४ वटा सीट संख्या बढाउनु ठुलो कुरा हो। यसको लागि आफूहरूले पनि धेरै दिनदेखि प्रयास गरिरहेका थियौँ। अन्ततः नेशनल मेडिकल कमिशनबाट सीट बढाउने अनुमति पाएका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement