आयरल्याण्ड र ईंग्ल्याण्ड विरुद्ध सीरीजको निम्ति पाकिस्तान टी२० टीमको घोषणा

IMG-20240502-WA0235.jpg

कराची: आयरल्याण्ड र ईंग्ल्याण्ड विरुद्ध आउँदो टी२० सीरीजहरूका निम्ति पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) – द्वारा बिहीवार घोषित टीममा युवा लेग स्पिनर उसामा मीरले स्थान पाएनन्। यसरी चोटमुक्त पेस बलर हारिस रऊफ चाहिँ टीममा स्थान बनाउन सफल भएका छन्। राष्ट्रिय चयनकर्ता मोहम्मद युसूफ, अब्दुल रज्जाक र वहाब रियाजले आज आयरल्याण्ड र ईंग्ल्याण्ड विरुद्ध सीरीजमा खेलाड़ीहरूका प्रदर्शनको आधारमा पाकिस्तानले आउँदो आईसीसी टी२० वर्ल्ड कपको निम्ति टीम चयन गर्ने बताए। आयरल्याण्ड विरुद्ध तीनवटा म्याचको सीरीज १० मईदेखि शुरु हुनेछ। त्यसको लगत्तै पछि ईंग्ल्याण्ड विरुद्ध २२ मईदेखि चारवटा टी२० म्याचको सीरीज खेलिनेछ। चयनकर्ता रज्जाकले पाकिस्तानको टीममा पहिलादेखि नै शादाब खान र अबरार अहमद रहेका हुनाले लेग स्पिनर उसामाले स्थान नपाएको बताए। टीममा अनुभवी पेस बलर मोहम्मद आमिर पनि रहेका छन्।
पाकिस्तानको टी२० टीमः बाबर आजम (कप्तान), मोहम्मद रिजवान, आजम खान, सईम अयूब, फखर जमान, इफ्तिखार अहमद, इरफान खान नियाजी, अबरार अहमद, हसन अली, हारिस रऊफ, शाहीन शाह अफरीदी, नसीम शाह, शादाब खान, उस्मान खान, अब्बास अफरीदी र आगा अली सलमान, मोहम्मद आमिर, इमाद वसीम।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement