डीआर थापाकाे छितेन टाशी भोटियासॅंग भेट

IMG-20240503-WA0001.jpg

गान्तोक: भारतीय जनता पार्टी, सिक्किमका अध्यक्ष डीआर थापाले हिजो पार्टीका एक वरिष्ठ नेता छितेन टाशी भोटियासॅंग नयॉं दिल्लीमा भेट गरे। भोटियाको हालैमा किडनी ट्रान्सप्लान्ट भएको छ। किडनी ट्रान्सप्लान्टको क्रममा उनी उपचाराधीन अवस्थामा रहॅंदै हालैमा सम्पन्न भएको विधानसभा चुनाउमा सङ्घ सीटबाट चुनाउ लडे।

प्रदेश भाजपाले आज जारी एक प्रेस विज्ञप्तिमा भनेको छ, सिक्किमका जनताको सेवा गर्ने उनको प्रेम कहिल्यै डगमगएन, धेरैलाई उनको समर्पणले प्रेरित गरेको छ। भोटियाको नेतृत्व सिक्किमका सबैले मूल्यवान कुरा हो भन्ने थाहा पाएकाले सबैले उनको फिर्तीको उत्सुकताका साथ प्रतीक्षा गरिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement