गेजिङको राब्देन्सीस्थित जिल्ला प्रशासनिक केन्द्रमा कुल १३ पोस्टल ब्यालेट प्राप्त

n605299710171467072043875f0559af756922687e3ce43225a2e9e20790c4e91e29f86f707d3964bbefd0e.jpg

गेजिङ: गेजिङको राब्देन्सीस्थित जिल्ला प्रशासनिक केन्द्रमा स्थापित स्ट्रङ रूममा आज सेवा मतदाताहरूका कुल १३ पोस्टल ब्यालेट प्राप्त भएको छ। पेलिङ पोस्ट अफिसद्वारा चुनाउ विभागका डीएस अग्नि छेत्रीलाई पोस्टल ब्यालेट हस्तान्तरण गरियो। यस अवसरमा गेजिङका एसडीएम एनबी विश्वकर्मा, जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र विभिन्न राजनीतिक दलका चुनाउ एजेन्टहरू उपस्थित थिए। गेजिङ जिल्लामा अहिलेसम्म ११३ पोस्टल ब्यालेट प्राप्त भएको छ। निर्वाचन आयोगको नियम अनुसार पोस्टबल ब्यालेटहरू स्ट्रङ रूममा सील गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement