मंगन जिल्लामा खाद्य भण्डारणलाई लिएर समन्वय बैठक सम्पन्न

IMG-20240502-WA0233.jpg

गान्तोक: मंगन जिल्लाका जीएलओफ प्रभावित खाद्य भण्डारणको संयुक्तरूपमा निरीक्षण साथै डीसीएओ र नागरिक आपूर्ति विभागका अधिकारीहरूको बीच एक समन्वय बैठक सम्पन्न भयो। उक्त सभामा लाचेन जुम्साका पिपन्स ग्याम्बोसहरूको पनि उपस्थिति रहेको थियो। लाचेनको जुम्सा हलमा सम्पन्न भएको समन्वय सभामा विशेष गरेर गत ४ अक्टोबरको दिन आएको बाढले त्यहाँको खाद्य भण्डारण नष्ट बनाएको थियो भने नष्ट बनाएको खाद्य भण्डारणको चिन्हित गर्नको निम्ति निरीक्षण साथै सभा आयोजना गरिएको थियो। हाल अस्थायीरूपमा खाद्य भण्डार निर्माण गरिएको छ, जहाँ ६ सय क्विन्टल चामल लगायत अन्य आवश्यक सामग्री भण्डार गर्न सकिने बताइएको छ। विशे, गरेर मनसुनमा हुने विभिन्न प्रकारको समस्यलाई ध्यानमा राख्दै कम्तिमा पनि ६ महिनाको लागि खाद्य सामग्रीको प्रबन्धन गरिने भएको छ। डीसीएसओ पाल्देन लाचुङपाले जानकारी गराए अनुसार खाद्य एवम नागरिक उड्डयन विभागले वर्ष २०२३ को दिसम्बर महिनासम्मको दिन खाद्य सामग्री वितरण गरेको थियो। यसरी विभागले इमान्दारपूर्व काम गरेकोमा स्थानीय पिपन्स र ग्याम्बोसहरूले विभागप्रति कृतज्ञता प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement