गान्तोक: इन्डियान माउन्टेरियङ फाउण्डेसनको पहलमा हिजोदेखि मिक्स एक्पिडिसन आयोजना गरिएको छ। यस अभियान आगामी २१ मईको दिन समापन हुने भएको छ भने यस अन्तर्गत तिङछिङखाङ ६०१० मिटरको उँचाइमा पर्वतरोहीहरू चढनेछन्। आज इन्डियान हिमालय सेन्ट्र फर एडभाञ्चर र इको टुरिज्म चेम्मेको संयुक्त पहलमा आयोजना गरिएको कार्यक्रममा आयोजक समितिका प्रशासक राजीब राई, आइएमएफका सद्सय शान्ति लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आज चेम्चेको इन्सटिट्युट कम्पलेक्सबाट झण्डा हल्लाएर पर्वतरोहीहरूलाई प्रस्थान गराइयो।

युवा पर्वतरोहीहरूलाई प्रोत्साहन गर्नको निम्ति यस प्रकारको कार्यक्रमको आयोजना गरिएको हो। यस अवसरमा मेघालय, सिक्किम, अरूणाचल प्रदेश,मिजोरम, नागाल्याण्ड र त्रिपुराका युवा पर्वतरोहरूले सहभागिता जनाएका छन्।