गान्तोक: हिजो राजभवनमा सिक्किमले भारतको जीवन्त सांस्कृतिक विविधता र एक भारत श्रेष्ठ भारतको दूरदर्शी भावनासँग एक अर्कामा आपसी सम्वन्ध बनाउने उद्देश्यले महाराष्ट्र र गुजरातको स्थापना दिवस पालन गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै गुजरातका राज्यपाल आचार्य देवरतले गुजरातको समवृद्ध संस्कृति, गौरवशाली व्यक्तित्व साथै गुजरात राज्यको निम्ति योगदान पुऱ्याउने व्यक्तिहरूबारेमा जानकारी गराए। सोही प्रकारले राजभवनका सचिव जेडी भोटियाले आफ्नो सम्बोधनमा महाराष्ट्र र गुजरातको राज्य स्थापना दिवसको निम्ति बधाई दिए। दुवै राज्यको अमूल्य श्रोतसाधन रहेकोमा जोड दिँदै उनले राष्ट्रको विकासमा उनीहरुको निर्णायक भूमिकामाथि जोड दिए। राष्ट्रपिता महात्मा गान्धीदेखि वर्तमान प्रधानमन्त्री, नरेन्द्र मोदीसम्म, उनले यी राज्यहरूबाट निस्कने बलियो नेतृत्वको विरासत र आधुनिक भारत र आर्थिक वृद्धिमा उनीहरूको योगदानको उल्लेख गरे। कार्यक्रममा एसएसबी जवान र राजभवनका कर्मचारीहरूद्वारा महाराष्ट्र गुजरातको लोकसंस्कृतिक नृत्यहरू पनि प्रदर्शन गरेका थिए।










