गान्तोक: प्रत्येक वर्ष २७ अप्रेलको दिन विश्व पशु चिकित्सा दिवस पालन गरिन्छ भने यस वर्ष पनि २७ अप्रेलको दिन विश्व पशु चकित्सा दिवस पालन गरियो। यस वर्ष उक्त कार्यक्रमको थिम पशु चिकित्सकहरू आवश्यक स्वास्थ्यकर्मी हुन् भन्ने रहेको थियो। यस विषयले जनस्वास्थ्यमा आवश्यक योगदानकर्ताको रूपमा पशु चिकित्सकहरूको महत्त्वलाई जोड दिने गरेको बताइएको छ। तिनीहरूको विशेषज्ञताले पशु स्वास्थ्य र कल्याण, रोग निगरानी, खाद्य सुरक्षा र सुरक्षालगायत विभिन्न क्षेत्रहरूमा फैलिएको छ। राज्यभऱि नै विश्व पशु चिकित्सा दिवस सप्ताहव्यापीरूपमा पालन गर्दै पशुहरूमा लाग्ने विभिन्न रोग सम्वन्धि जागरूक गराउनको साथै बाछो ऱ्याली आयोजना भइरहेको छ। कार्यक्रममा कृषकहरू सहित विभिन्न संघ संस्थाका प्रतिनिधि साथै विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सप्ताहव्यापी कार्यक्रम पालन गर्ने क्रममा हिजो एक होटलमा आयोजित कार्यक्रममा राज्यका मुख्य सचिव भीभी पाठक मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथिलाई उनीदवारा गरिएको अपार सहयोगको निम्ति अभिनन्दन पनि जनाइयो।