जिल्लापाल एम. भरानी कुमारले स्टेरिङ समितिका सदस्य़हरूसँग गरे बैठक

IMG-20240502-WA0228.jpg

गान्तोक: महत्वकांक्षी व्लक कार्यक्रम अन्तर्गत आज गेजिङ जिल्लाको चोङराङ व्लकमा स्टेरिङ समितिको एक बैठक सम्पन्न भयो। यसै क्रममा गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारले स्टेयरिङ समितिका सदस्यहरूलाई लिएर जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा एक बैठक गरे। जिल्लापालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पावरपोइन्ट प्रस्तुतीकरणको माध्यमद्वारा स्वास्थ्य, शिक्षा, कृषि र सम्बद्ध सेवाहरू, आधारभूत पूर्वाधार र सामाजिक विकासका क्षेत्रहरूसँग सम्बन्धित मुख्य कार्यहरू बारे छलफल गरियो। यसै क्रममा कर्मा छोग्याल भोटियाले चोङराङ व्लकमा निर्धारित समय भित्र शतप्रतिशत कार्यान्वयन गर्ने लक्ष्य राखेको नीति आयोगको अनुसार सान्दर्भिक तथ्यहरू साझा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement