राज्यपालले गरे सेनाका अधिकारीहरूसँग भेट

IMG-20240502-WA0227.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसादले आज जनरल अफिसर कमान्डिङ इन चिफ, पूर्वी कमान्ड, लेफ्टिनेन्ट जनरल रामचन्द्र तिवारी युवाइएसएम, एवीएसए र एमएमसँग राजभवनमा भेट गरे। भेटको क्रममा सुरक्षाको दृष्टिले राजमार्ग १० को अवस्था सुधार ल्याउनु पर्ने र आवात जावतलाई राम्रो बनाउनु पर्ने विषयमा चर्चा परिचर्चा गरे। सोही प्रकारले गत वर्षको ४ अक्टोबरमा आएको विनाशकारी बाढको चपेटमा परि शहीद हुने जवानहरूको स्मृतिमा निर्माण गरिने प्रेरणा स्थलकोबारेमा पनि जानकारी गराए। यसै क्रममा लेफ्टिनेन्ट जनरल तिवारीले पूर्वोत्तर राज्यहरू मध्ये सिक्किम सबै भन्दा सहयोगी बताउँदै राज्यपाल र राज्य सरकारको जनताप्रतिको मायामा आभार प्रकट गरे। यसरी राज्य सरकारको योगदानको प्रशंसा गरेकोमा राज्यपालले खुशी प्रकट गरेका छन्। राज्यपालले लेफ्टिनेन्ट जनरल तिवारीको सफल एवम फलदायिक कार्यको निम्ति बधाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement