पेरिस ओलम्पिकको टीममा स्थान बनाउन चाहन्छुः पाठक

IMG-20240502-WA0225.jpg

बेंगलुरु: कृष्ण पाठक पेरिस ओलम्पिकको निम्ति भारतीय हकी टीममा स्थान बनाउने विषयमा एउटा असमञ्जसको स्थितिमा रहेका छन्, जहाँ टीममा गोलकीपरको एउटा स्थानको निम्ति उनको लड़ाइँ साथी खेलाड़ी तथा मेण्टोर पीआर श्रीजेशसँग हुनेछ। हकीको कुनै पनि टुर्नमेण्टमा कुनै एउटा देशलाई १८ जना खेलाड़ी चयन गर्ने अनुमति हुन्छ तर ओलम्पिक खेलहरूमा चाहिँ १६ सदस्यीय टीम चयन गर्ने अनुमति हुन्छ। यस्तो स्थितिमा प्रशिक्षकहरू अतिरिक्त गोलकीपरको स्थानमा मैदानमा खेल्ने खेलाड़ीलाई टीममा सामेल गर्न रुचाउँछन्। यसअघि टोक्यो ओलम्पिकमा भारतले गोलकीपर श्रीजेशकै असाधारण प्रदर्शनको सहायताले ऐतिहासिक काँस्य पदक जितेको थियो। त्यस समय पाठकले दर्शक दीर्घामा बसेर म्याच हेरेका थिए। यसपाली चाहिँ उनी सजिलै हार मान्न चाहँदैनन्। यहाँ भारतीय खेल प्राधिकरण (साई) केन्द्रमा पाठकले भने, कोचले हामीलाई ओलम्पिकको निम्ति टीम संयोजनबारे बताएका छैनन्। टीममा बोलाइए म १०० प्रतिशत तयार रहन चाहन्छु अनि यही मेरो लक्ष्य हो। ओलम्पिकको निम्ति टीममा स्थान बनाउन असल प्रतिस्पर्धा चलिरहेको छ। प्रत्येक खेलाड़ीलाई उनी टीमको हिस्सा बन्न सक्ने लाग्छ। म पनि अलग छुइनँ अनि म पेरिस जाने हवाई जहाजमा बस्न चाहन्छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement