बागडोग्राको जंगली बाबा नजिकैको जंगलमा भीषण आगलागी

IMG-20240502-WA0219.jpg

बागडोग्रा: बागडोग्रा जंगलीबाबा नजिकै रहेको जङ्गलमा भीषण आगलागीको घटनाले पुरै क्षेत्रमा त्रास फैलाएको छ। आगलागीको सूचना पाएलगत्तै बागडोग्रा रेन्जका वन कर्मचारी, पुलिस र सेनाका जवान घटनास्थलमा पुगेका थिए। आगलागी करिब चारदेखि पाँच हेक्टर जङ्गलमा फैलिएको थियो। सबैभन्दा पहिले बागडोग्राको संरक्षित वनमा भीषण आगलागी भएको थियो। त्यसपछि दिउँसो हावाहुरी आएपछि आगो जङ्गलभर फैलियो।

खबर पाएलगत्तै दमकलका तीनवटा गाडी घटनास्थलमा पुगेका थिए। उनले त्यहाँ पुगेर आगो नियन्त्रणको प्रयास गरेका थिए तर यसबाट कुनै फाइदा भएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement