वीरपाडा: आज मानव उत्थान सेवा समिति वीरपाडा शाखा युवा सदस्यहरुले २० भन्दा अधिक आर्थिक विपन्न विद्यार्थीहरुलाई चाहिने आवश्यक सामाग्रीहरु खाता -पेन्सिल, रबर, कलर बक्स, चक्लेट अनि विस्कुट आदि नि: शुल्क वितरण गरियो। युवा संयोजक रोहन विश्वकर्माको नेतृत्वमा युवा सदस्यहरुले वीरपाडा स्थित अप्पर विरबिटटी एस एस के विद्यालयका विद्यार्थीहरुलाई सामाग्रीहरु आज मिशन एजुकेशन अन्तर्गत वितरण गरियो।

उक्त कार्यक्रममा वीरपाडा तहसील प्रभारी महात्मा सन्त गौरी बाई जी, युवा संयोजक रोहन विश्वकर्मा, पार्वती छेत्री, सिकन्दर महतो उपस्थित थिए। शिशु शिक्षा केन्द्रका विद्यार्थीहरुलाई यी सामाग्रीहरुले पठनपाठनमा केही सहयोग मिल्नेछ, भविष्यमा कुनै नानीहरुलाई फेरि आवश्यक परे नहिच्किचाई मानव उत्थान सेवा समितिका कुनै सदस्यलाई पनि भन्न सकिने अनि सो माग समितिबाट पुर्ण गरिनेछ भनी युवा संयोजक रोहन विश्वकर्माले बताए। पठन पाठन सामाग्री पाएर विद्यार्थीहरू खुशी बनेका थिए। उक्त विद्यालयका भारप्राप्त शिक्षिका मालती राईले संघको सराहनीय कार्यको निम्ति महात्मा सन्त गौरी बाई जी लगायत सम्पूर्ण सदस्यहरूलाई कृतज्ञता प्रकट गरेकी छन्।