माध्यमिक परीक्षामा ज्ञानपीठ विधालयबाट अर्चना गुरुङ मङपू टपर बनिन्

IMG-20240502-WA0217

मङपू: मङपूबाट यस वर्षको माध्यमिक परीक्षामा सय प्रतिशत विधार्थीहरु उतीर्ण  भएका छन्। मङपू ज्ञानपीठ उच्चत्तर माध्यमिक विधालयबाट ४५ जना विधार्थीहरुले परीक्षा दिएका थिए भने २ जना प्रथम, ३६ जना दोस्रो अनि ७ जनाले तेस्रो स्थान ओगट्न सफल भएका छन्। यसै ज्ञानपीठ  विधालयबाट ६९ प्रतिशत लिएर अर्चना गुरुङ मङपू टपर बन्न सक्षम बनेकी छिन्। अर्चना गुरुङले  नेपाली  विषयमा ८५ / अंग्रेजीमा ७५/जीवविज्ञान ७५/भूगोलमा ८० अंक ल्याउन सक्षम बनेकी छन्। यसरी सरस्वती उच्चत्तर माध्यमिक  विधालयबाट पनि सय प्रतिसत विधार्थी उतीर्ण भएका छन् जसमा ५ जनाले प्रथम  स्थान ८३ जनाले दोस्रो  स्थान   अनि ८ जनाले तेस्रो स्थान ओगटन सफल भएका छन्। यसरी शारदा उच्चत्तर माध्यमिक विधालयबाट ३० जनाले परीक्षा दिएका थिए भने १ जना प्रथम, १६ जनाले दोस्रो  स्थान  अनि १३ जनाले तेस्रो स्थान ओगट्दै सय प्रतिसत विधार्थीहरु उतीर्ण भएका छन्। यसरी मङपू क्षेत्रबाट सय प्रतिशत विधार्थीहरु उतिर्ण भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *