दुईजना उग्रवादीहरूलाई पक्राउ

Screenshot_20240502_204517_Chrome.jpg

इम्फाल: मणिपुरमा सुरक्षा बलहरूको आतंकवाद विरोधी अभियान निरन्तर जारी छ। मणिपुर पुलिसले बिहीवार बतायो, दुई भिन्न-भिन्न अभियानहरूमा पुलिसले पूर्वी इम्फाल जिल्लाको ल्यारिकेंबाम लेईकाई र खुरई सैथाब लिरक क्षेत्रबाट दुईजना उग्रवादीहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्ने दुवै आतंकवादीहरू प्रतिबन्धित प्रीपाक (प्रो) संगठनका सदस्य रहेको बताइँदैछ।

यी उग्रवादीहरूको पहिचान नौरोइबाम जयशंकर उपनाम ल्युम्बा उपनाम खोगांग (३९) औ त्सिंगम सुरेश उपनाम ब्वाय (३८) को रूपमा भएको छ। उग्रवादीहरूको कब्जाबाट दुईवटा म्यागजिनसितै दुई 9 एमएमको पेस्तोल, म्यागजिनसितै एक पोइन्ट थ्री नक थ्री राइफल, ६ जिउँदो कारतूस र ९ खाली कारतूस जफत गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement