सविता पूनियाकी स्थानमा सलीमा टेटे कप्तान नियुक्त

IMG-20240502-WA0202.jpg

नयाँ दिल्ली: मीडफिल्डर सलीमा टेटेलाई अनुभवी गोलकीपर सविता पूनियाकी स्थानमा यस महिनाको अन्तमा हुने एफआईएच प्रो लीगको बेल्जियम र ईंग्ल्याण्ड चरणको निम्ति भारतको २४ सदस्यीय महिला हकी टीमकी कप्तान चयन गरियो। नवनीत कौरलाई उपकप्तान बनाइएको छ। सलीमाले हकी इण्डियाद्वारा जारी विज्ञप्तिमा भनेकी छन्, टीमकी कप्तान नियुक्त गरिएकोमा म खुशी छु। यो ठूलो जिम्मेवारी हो अनि म यसलाई लिएर उत्साहित छु। हामीसँग एउटा मजबूत टीम छ, जसमा अनुभवी र युवा खेलाड़ीहरू छन्। एफआईएच प्रो लीगको आउँदो बेल्जियम र ईंग्ल्याण्ड चरणमा हामी आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नेछौं। हामीले आफ्नो कमजोरीहरूलाई हटाउनु पर्नेछ। यसअघि सविता ओलम्पिक क्वालीफायर र त्यसपछि प्रो लीग म्याचहरूमा भारतकी कप्तान रहेकी थिइन्। बेल्जियममा म्याच २२ र २६ मईसम्म अनि ईंग्ल्याण्डमा एकदेखि ९ जूनसम्म हुनेछ। भारतको सामना पहिलो चरणमा अर्जेण्टिना र बेल्जियमसँग हुनेछ। लण्डन चरणमा टीमले ब्रिटेन र जर्मनी विरुद्ध खेल्नेछ। भारत यस समय प्रो लीग तालिकामा छैटौं स्थानमा रहेको छ। सलीमालाई हालै हकी इण्डियाको वार्षिक पुरस्कारहरूमा बलबीर सिंह सीनियर सालकी सर्वश्रेष्ठ महिला खेलाड़ीको पुरस्कार प्राप्त भएको थियो।
भारतीय महिला टीमः
गोलकीपरः सविता पूनिया, बिछू देवी खारीबाम। डिफेण्डरः निक्की देवान, उदिता, इशिका चौधरी, मोनिका, ज्योति छेत्री र महिमा चौधरी। मीडफिल्डरः सलीमा टेटे (कप्तान), वैष्णवी विट्ठल फाल्के, नवनीत कौर, नेहा, ज्योति, बलजीत कौर, मनीषा चौहान, लालरेम्सियामी। फरवर्डः मुमताज खान, संगीता कुमारी, दीपिका, शर्मिला देवी, प्रीति दुबे, वन्दना कटारिया, सुनेलिया टोप्पो र दीपिका सोरेंग।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement