झापा: झापाको बाह्रदशी गाउँपालिका -६ रुपचनबारी स्थितमा प्र १-०१-०१३ प ५७८४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय वन मुर्मु रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको पुलिसले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक ३४ वर्षीय वसन्त राजवंशीलाई पुलिसले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पुलिसको भनाइ छ।