चोरीको सामानसहित चोर पक्राउ

Screenshot_20240502_180704_Samsung-Internet.jpg

सिलगढी: कलेजपारा र मिलनपल्ली इलाकामा एकपछि अर्को चोरी गर्ने एकजना चोरलाई सिलगढी थानाको सादा पोशाकका प्रहरीले पक्राउ गरेको छ। आरोपीको नाम अजय बर्मन (१९) हो। जानकारीका अनुसार कलेजपारा र मिलनपल्ली क्षेत्रमा केही दिनयता लगातार चोरीका घटना भइरहेका छन्। यस विषयमा अप्रिल ३० मा सिलगढी पुलिस थानामा लिखित उजुरी दर्ता गरिएको थियो। सोही उजुरीका आधारमा अनुसन्धानमा जुटेको पुलिसले गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा गएराति डबग्राम क्षेत्रबाट अजय बर्मनलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार अजय बर्मनले कलेजपारा र मिलनपल्ली क्षेत्रका धेरै अपार्टमेन्टबाट फलामका सामानहरू चोरेका थिए। हिजो उनी डबग्राम क्षेत्रमा चोरीका सामान बेच्न घुमिरहेका थिए। पुलिसले यो कुरा थाहा पाएलगत्तै अपरेशन गरी उनलाई पक्राउ गरेको थियो। उनको साथबाट पुलिसले चोरीका सामान समेत बरामद गरेको छ। पुलिसले आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेको छ। प्रहरीले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement