झापा: मोरङको सुन्दरहरैचा नगरपालिका- ५ स्थित गोर्खाली टोलमा पदम तामाङले आफ्नै श्रीमती ४५ वर्षकी मनमाया तामाङको हत्या गरी फरार भएका छन्। बिहिबार बेलुका ८ बजेसम्म श्रीमान श्रीमतीसँगै रहेको र यसघि पनि पदमले श्रीमती माथि कुटपिट गर्ने गरेकाले उनले नै श्रीमतीको हत्या गरी फरार रहेको हुनसक्ने इलाका पुलिस कार्यालय बेलबारीका पुलिस इन्स्पेक्टर तेज बहादुर दाहालले जानकारी दिएका छन्। ठ्याक्कै श्रीमानले नै श्रीमतीको हत्या गरेको हो भन्ने चाहिँ यकिन भएको छैन, इन्स्पेक्टर दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानमा उनले हत्या गरेको हुनसक्ने देखिएको छ अहिले श्रीमान फरार छ मृत अवस्थामा श्रीमतीको शव चाहिँ फेला परेको छ।‘
बुधबार बेलुका श्रीमान श्रीमतीसँगै घरमा रहेको स्थानीयहरुले बताएकोले उनले नै हत्या गरेर फरार भएको हुनसक्ने उनले बताए। यो भन्दा पनि उनले श्रीमतीलाई पटक पटक कुटपिट गर्ने गरेको बुझिएको उनले बताए। रातिको समय भएकाले छिमेकीहरुले पनि थाहा नभएको र के कसरी घटना घटायो भन्ने बारे पनि अनुसन्धान भैरहेको बताए। अहिले मृतकको शव पोष्टमर्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको छ। पुलिस परिचालन गरी फरार श्रीमानको खोजीकार्य भइरहेको पुलिसले जनाएको छ। स्थानीयहरुका अनुसार पदमले यसअघि पनि आफनी आमा माथि कूटपिट गर्ने गरेको बताएl