मानेभञ्ज्यांग: मानेभञ्ज्यांग फूटबल क्लबले रोमाञ्चक जीतको साथ नेपालको झापामा जारी आदर्श च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको फाइनलमा स्थान बनायो। म्याचको अन्तिम १० मिनट ९ जना खेलाड़ीको साथ खेल्नु परे पनि मानेभञ्ज्यांग एफसी-ले आयोजक आदर्श युवा क्लबलाई सेमिफाइनलमा २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सुरज रसाईली र सौरभ तामाङले १-१ गोल गरे। सुरजले बिक्की सिंहको पासमा अनि सौरभले साथी फरवर्ड करण राईको पासमा गोल गरे। टीमको निम्ति असाधारण प्रदर्शन गर्ने मानेभञ्ज्यांग एफसी-का गोलकीपर लाक्पा तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको फाइनल ४ मईमा खेलिनेछ।