कालेबुङ: कालेबुङको सन्त फिलोमिना विद्यालयकी छात्रा लियोम लेन्छो लेप्चाले यसपालीको माध्यमिक परीक्षामा ९०.२ प्रतिशत अङ्क प्राप्त गरेर कालेबुङ जिल्ला टपर बनेकी छन्। सन्त फिलोमिना विद्यालयबाट यसपाली २०३ जना माध्यमिक परीक्षा बसेका थिए जसमा २६ जनाले प्रथम दर्जामा ९६ जनाले दोस्रो र ६५ जनाले तेस्रो दर्जामा उत्तीर्ण गरेको जानकारी प्राप्त भएको छ। स्कूलको परिणाम लय प्रतिशत उत्तीर्ण रहेको जानकारी प्राप्त भएको छ। आज माध्यमिक परीक्षाको परिणाम प्राप्त भएपछि विद्यालयको तर्फबाट कालेबुङ जिल्ला टपर हुने विद्यार्थी लियोम लेन्छो लेप्चालाई खदार्पणसहित बधाई दिइएको छ। कालेबुङ जिल्ला टपर बनेकी विद्यार्थी लियोम लेन्छो लेप्चाले आफ्नो सफलतामा ईश्वर, सिस्टर, शिक्षिकाहरू र आफ्नो अभिभावकलाई धन्यवाद दिएका छन्।









