खरसाङ क्षेत्रका विद्यालयहरूका माध्यमिक परीक्षाके परिणाम सन्तोषजनक

Student-2

खरसाङ: खरसाङ क्षेत्रमा रहेका विद्यालयहरूको माध्यमिक परीक्षाको परिणाम प्राप्त भएको छ। यसपाली खरसाङको विभिन्न विद्यालयहरूको माध्यमिक परीक्षाको परिणाम सन्तोषजनक नै रहेको छ। खरसाङको सन्त अल्फन्सेस विद्यालयबाट यसपाली जम्मा १७५ जनाले परीक्षा दिएका थिए जसमा ८ जना पहिलो दर्जामा, २४ जना दोस्रो दर्जामा अनि १३१ जना तेस्रो दर्जामा उत्तीर्ण भएका छन्। त्यसरी नै १२ विद्यार्थीहरूका परिणाम असफल रहेको जानकारी सन्त अल्फन्सेस विद्यालयबाट प्राप्त भएको छ। सन्त अल्फन्सेस विद्यालयबाट टप्पर हुने विद्यार्थीहरूमा पूजा शर्माले ५१८ अंकको साथमा ७४ प्रतिशत अंक प्राप्त गरेेर टपर बनेका छन्। त्यसरी नै यस विद्यालयबाट वाङ्छेन तामाङले ७१.४२ प्रतिशतसहित ५०० अंक प्राप्त गरेका छन् भने बरदान लामाले ६७.८५ प्रतिशतसहित ४७५ अंक प्राप्त गरेका छन्। त्यसरी नै दिव्यंकर थापाले ६७.४२ प्रतिशतसहित ४७२ अंक प्राप्त गरेका छन् भने अर्का विद्यार्थी अभिनव छेत्रीले ६५.५७ प्रतिशतको साथमा ४५९ अंक प्राप्त गरेका छन्। खरसाङके अर्को विद्यालय सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयबाट यसपाली १०४ जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा ८ जना ए वर्गमा, बी प्लसमा ३८, बी वर्गमा ५५ र सी वर्गमा ३ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन्। सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयबाट टपर हुनेहरूमा श्रुति ठाकुर जसले ७२ प्रतिशतको साथमा ५०३ अंक प्राप्त गरेकी छन् भने श्रीसा थापाले ६८ प्रतिशतको साथमा ४७३ अंक, मेघा थापाले ६४.१४ प्रतिशतको साथमा ४४९ अंक, आयुष्ना थापाले ६२.४२ प्रतिशतको साथमा ४३७ अंक र विद्याकुमारीले पमि ६२.४२ प्रतिशतको साथमा ४३७ अंक प्राप्त गरेका छन्। खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयबाट यसपाली १५ जना माध्यमिक परीक्षा दिएका थिए जसमा १२ जना उत्तीर्ण, २ जमा सीसी, १ जना अनुपस्थित रहेको शिक्षक हेमन्त दर्नालले जानकारी गराएका छन्। त्यसरी नै खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट यसपाली ३९ जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा ५ जना प्रथम श्रेणीमा, ७ जना दोस्रो श्रेणीमा र २७ जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन्। रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको यय प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएको जानकारी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोले जानकारी गराएका छन्। त्यसरी नै आदर्श उच्चत्तर माध्यमिक विद्यालयबाट यसपाली ४ जनाले माध्यमिक परीक्षा दिएका थिए जसमा ३ जना उत्तीर्ण भएको र अनिशा राई स्कूल टप्पर रहेको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *