कोलकाता: पार्थ च्याटर्जीविरुद्ध टिप्पणी गरेको आरोपमा कुणाल घोषलाई कारबाही गरिएको छ। स्रोतका अनुसार पार्टीले उनलाई १४ दिनको लागि ‘सेन्सर’ गरेको छ। स्रोतका अनुसार कुणालले १४ दिनसम्म पार्थ च्याटर्जीको बारेमा कुनै पनि बयान दिनसक्ने छैनन्। पार्टीको आदेशलाई वफादार सिपाहीका रुपमा पालना गर्ने कुणालले बताए। यद्यपी यसबारे पार्टीको तर्फबाट औपचारिक रुपमा केही भनिएको छैन।









