जलपाईगढीको अदुवा फ्रान्स जाँदै

IMG-20240502-WA0133

जलपाईगढी: जलपाईगढी सदर ब्लकको सन्यासी पारा फार्म्स क्लबले उत्पादन गरेको अदुवा फ्रान्समा निर्यात भइरहेको छ। सन्यासीपारा फार्म क्लबका किसान परितोष मण्डलले आफ्नो सानो जग्गामा मिश्रित खेती गर्न सफल भएका छन्। उनले एउटै माटोमा तीन–चार प्रकारका बाली लगाएका छन्। उनले आफ्नो फार्ममा अन्य तरकारीसँगै अदुवा खेती गरेका छन्। यो बहुयोजना खेतीमा उनले धेरै सफलता हासिल गरेका छन्। उनको फार्ममा उब्जाएको अदुवा फ्रान्स जानेछ। उचित स्याहारसुसारका कारण सोही जमिनमा अदुवा, बेसार, झिङ्गा र लौका खेती गरेर धेरै सफलता पाएको परितोष बाबु बताउँछन्। उनले आफ्नो जग्गामा फलेको अदुवाले फ्रान्सेली बजारमा निकै महत्व पाउने किसानको आशा रहेको समेत बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement