जलपाईगढी: माध्यमिक योग्यता सूचीमा जलपाईगढी जिल्लाको नाम छैन। गत वर्ष र यस वर्ष पनि जलपाईगढी जिल्लामा परिणाम नआएकोले शिक्षकहरू चिन्तित छन्। माध्यमिक परीक्षाको परिणाम बिहीबार सार्वजनिक भएको छ। जलपाईगढी जिल्लामा लगभग २६ हजार उम्मेदवारहरू उपस्थित थिए। जलपाईगढी जिल्लाका कूल १९० विद्यालयमा नतिजा वितरण भइरहेको छ। जलपाईगढी आनन्द मोडल स्कूलको विशेष शिविरमा बिहान १० बजेदेखि जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई मार्कसिट दिइँदैछ। गत वर्ष जलपाईगढीको माध्यमिक विद्यालयको नतिजा त्यति राम्रो थिएन। यस वर्ष धेरैले राम्रो नतिजाको अपेक्षा गरे पनि त्यसो हुननसकेको माध्यमिक शिक्षा बोर्डकी जिल्ला संयोजक सुगाता मुखर्जीले बताइन्।