डर्टमण्ड: जर्मनीको क्लब बोरुसिया डर्टमण्डले यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगमा जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बोरुसिया डर्टमण्डले फ्रान्सीसी क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-लाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सिग्नल इडुना पार्कमा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मन क्लबबाट म्याचको एकमात्र गोल निकलस फूलकुर्गले ३६औं मिनटमा दर्ता गरे। म्याचको पहिलो हाफमा निराशाजनक प्रदर्शनपछि पीएसजी-ले दोस्रो हाफमा आक्रामक फूटबल खेल्यो। यस अवधि टीमले स्कोर बराबरीमा पुऱ्याउने मौका पनि पाएको थियो तर भाग्यले साथ नदिँदा गोल हुन सकेन। पीएसजी-बाट कीलियन एम्बाप्पे र अचरफ हाकिमीले नजिकको मौकाहरू गुमाए। यस निराशाजनक प्रदर्शनपछि पनि हारको अन्तर कम्ती भएको हुनाले पीएसजी-सँग आफ्नो होम ग्राउण्डमा खेलिने दोस्रो लेगमा उत्कृष्ट प्रदर्शनको साथ फाइनलमा नाम लेखाउने मौका चाहिँ अवश्यै रहनेछ।