सिक्किमको राजभवनमा गुजरात र महाराष्ट्रको स्थापना दिवस पालन

n6050172961714587771256d90044b1f47e37c087da32d31d1ed9f0aeeede750629a515fdbeed3b6321097b.jpg

गान्तोक: सिक्किमको राजभवनमा आज एक भारत श्रेष्ठ भारत अन्तर्गत गुजरात र महाराष्ट्रको स्थापना दिवस भव्यताको साथमा पालन गरियो। कार्यक्रमको अध्यक्षता राजभवनका सचिव जेडी भोटियाले गरेको थियो। उक्त जानकारी राजभवनले प्रेस विज्ञप्ति मार्फत दिएको छ।

कार्यक्रमको शुरूवात गुजरातका राज्यपाल आचार्य देवरातको सन्देशबाट गरियो। उनले आफ्नो सन्देशमा गुजरातको समृद्ध संस्कृति, गौरवशाली इतिहास, महान विभूतीहरू र राज्यको राष्ट्र निर्माणमा विशिष्ट योगदानको बारेमा प्रकाश पारेका थिए।

सचिव भोटियाले आफ्नो सम्बोधनमा महाराष्ट्र र गुजरात राज्य स्थापना दिवसमा उपस्थित सबैलाई बधाई दिए। उनले गुजरात र महाराष्ट्र दुवै राज्यलाई अमूल्य संसाधनहरूले युक्त बताउॅंदै देशको विकासमा बहुमूल्य योगदानमाथि प्रकाश पारे। उनले भने, राष्ट्रपिता महात्मा गॉंधीदेखि लिएर वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसम्म देशलाई सशक्त नेता प्रदान गरेको छ। आधुनिक भारतलाई स्थापित गर्ने र देशको आर्थिक विकासमा दुवै राज्यको भूमिका पनि उनले उजागर किया।

यस अवसरमा सांस्कृतिक विविधतालाई प्रस्तुत गर्दै एसएसबी जवान र राजभवनका कर्मचारीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। गुजराती लोक नृत्य एवं मराठी लोक नृत्यको माध्यमद्वारा महाराष्ट्र र गुजरातको सांस्कृतिक झलकले सबैलाई मनोरन्जन प्रदान गरेको थियो।

कार्यक्रममा गुजरात र महाराष्ट्रका निवासीहरूका साथै एसएसबी, सेक्टर हेडक्वार्टरका सेकेन्ड इन कमाण्ड सुनील कुमार एवं एनडीआरएफ र आईटीबीपीका अधिकारी र विभिन्न विश्वविद्यालयका विद्यार्थीहरू आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement