इटानगर: अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल के टी परनायकले गुजरात र महाराष्ट्रका जनतालाई उनीहरूको राज्य स्थापना दिवसमा बधाई दिएl जुन १ मईमा मा इटानगरक राजभवनमा मनाइयो। आफ्नो कर्मभूमिमा गुजरात र महाराष्ट्रका जनताको योगदानको कदर गर्दै राज्यपालले अरुणाचल प्रदेशका जनताको तर्फबाट पनि शुभकामना व्यक्त गरे। यो कार्यक्रम ‘एक भारत, सर्वश्रेष्ठ भारत’ को भावनामा आयोजित गरिएको थियो। अरुणाचल प्रदेशका राज्यपा लेफ्टिनेन्ट जनरल के टी परनायक, पीभिएसएम, युवाईएसएम, वाईएसएम (सेवानिवृत्त) र राज्यकी प्रथम महिला अनघा परनायकले हाई टीको आयोजना गरे, अनि राज्यमा बस्ने गुजरात र महाराष्ट्रका जनतासँग कुराकानी गरे। यसैबीच, राज्यपालले आशा व्यक्त गरे कि आगामी दिनमा सबै अरुणाचलवादीहरूसँग दुवै राज्यको सम्बन्ध बलियो हुनेछ। राज्यपालले भने कि राजभवन, इटानगरले विगत एक वर्षमा भारतका सबै राज्यहरूको राज्य स्थापना दिवस अरुणाचल प्रदेशमा बस्ने ती राज्यका जनतासँग मनाएको छ। यसले उनीहरूका चुनौतीहरूलाई सम्बोधन गर्नुका साथै उनीहरूका उपलब्धिहरू जान्न निकै उपयोगी अवसर प्रदान गरेको उनले बताए।