कोभिड़ सिक्किम: राज्यमा आज कोरोनाको शून्य नयाँ मामिला

IMG_20210619_080404.jpg

गान्तोक: राज्यमा आज कोरोनाको एउटापनि नयाँ मामिला अघि न अएको राज्यको स्वास्थ्य विभागले बताएको छ। यसरी नै आज राज्यमा कोरोनाले कसैको मृत्यु भएन भने एकजना यो रोगबाट निको भएर सामान्य जीवनमा फर्किएको  छन्। 

राज्य स्वास्थ्य विभागले जनाए अनुसार हाल राज्यमा चार जना कोरोना संक्रमित रोगीहरू उपचारधीन रहेका छन्।

राज्य स्वास्थ्य विभाग अनुसार, हिजो ६७ जनाको कोरोना परीक्षण गरेकोमा, कसैमा संक्रमण को पुष्टि भएन।

हाल राज्यको कोरोना सकारात्मकता दर ०.० प्रतिशत रह्यो भने रिकभरी दर ९८.८ प्रतिशतमा रहेको छ। हालसम्म राज्यमा ३७,९५८ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१६५ जना कोरोना संक्रमित बनिसकेका छन्। यस रोगको कारण हालसम्म ४५२ जनाको मृत्यु भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement